२०८३ वैशाख १४ , सोमबार

पार्टी कार्यालयमै राप्रपाका नेता श्रेष्ठमाथि हातपात



ष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिर श्रेष्ठमाथि हातपात भएको हो । महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले उनीमाथि हातपात गरेका हुन् ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी श्रेष्ठमाथि हातपात भएको हो । लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनी ढोकामै कुटिएका हुन् ।

कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठले भ्रष्टाचारका विषयका कुरा राखेका थिए। त्यसबेला नेता विक्रम पाण्डेसँग भनाभन भएको थियो ।

प्रकाशित मिति : २०८० फागुन २७ गते आइतबार