जाजरकोट । जाजरकोटमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । घर बनाउने काठ चिर्ने क्रममा नलगाड नगरपालिका–१ बस्ने वर्ष २४ का केशव पुनको रुखले च्यापिएर मृत्यु भएको हो ।
घर नजिकैको जङ्गलमा काठ काट्ने क्रममा रुखले च्यापिएर गम्भीर घाइते पुनको जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।
प्रकाशित मिति : २०८० फागुन २८ गते सोमबार