२०८३ वैशाख १३ , आइतबार

श्रीमती हराएको भन्दै खोजीदिन श्रीमानको आग्रह



विमला शर्मा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२, का विर्ख शर्माले आफ्नो श्रीमती हराएको भन्दै खोजीदिन आग्रह गरेका छन् । उनकी श्रीमती ३५ वर्षीय विमला शर्मा फागुन १६ गतेदेखि सम्पर्कविहीन बनेकी छन् । घरमा एक छोरा र एक छोरी भएकी विमला कहाँ गइन भन्ने अहिलेसम्म परिवारका कसैले पनि सुईको पाएका छैनन् ।

विर्खले खोजतलास गरी पाउँ भनेर जिल्ला प्रहरी कार्यालयमा समेत सहयोग मागेका थिए । जिल्ला प्रहरी कार्यालयले आवश्यक सहयोग गरिदिन भन्दै विमलाको हुलियासहितको पत्र पनि सार्वजनिक गरेको छ । विर्खले कसैले देखेको भए ९८४८१२३४३० नम्बरमा सम्पर्क गरिदिन आग्रह गरे ।

प्रकाशित मिति : २०८० चैत ९ गते शुक्रबार