२०८३ वैशाख १३ , आइतबार

एमाले सुर्खेतको अधिवेशन : सकियो मतदान, केही बेरमा मतगणना गरिने तयारी



सुर्खेत । नेकपा एमालेको सुर्खेत जिल्ला अधिवेशनमा मतदान प्रक्रिया सकिएको छ । अध्यक्षसहितका पदाधिकारी र विभिन्न क्लस्टरको सदस्य पदका लागि आइतबार बिहान १२ बजेदेखि शुरु भएको मतदान साँझ साढे ६ बजे सकिएको हो । नेकपा एमाले सुर्खेतको ९औँ जिल्ला अधिवेशनको बन्दसत्रले जिल्लाको नेतृत्व सर्वसम्मत गर्न नसकेपछि निर्वाचन भएको थियो ।

अध्यक्षसहितका पदाधिकारी र विभिन्न क्लस्टरको सदस्य पदमा भएको निर्वाचनमा कुल ४ सय ९५ मा ४ सय ८६ मत खसेको प्रचारप्रसार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले खबरदृष्टिलाई जानकारी दिए । मतदान सकिएपछि अब मतगणनाका लागि निर्वाचन समिती र अध्यक्ष मण्डलको संयुक्त बठैक बस्ने तयारीमा रहेको उनले बताए ।

अध्यक्षका लागि हालका जिल्ला कमिटी अध्यक्ष अमृतबहादुर बिसी र उपाध्यक्ष कुलमणी देवकोटा मैदानमा उत्रिएका छन् । बिसीलाई एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत इन्चार्ज गोरखबहादुर बोगटी र देवकोटा स्थायी कमिटी सदस्य यामलाल कँडेलले सघाएका छन् ।

यस्तै, उपाध्यक्षमा देवकोटा टिममा समाजवादी छोडेर आएका मोहन बडुवाल, सचिवमा डम्बर तिवारी उप–सचिव महिलाबाट सुशीला विश्वकर्मा चुनावी मैदानमा छन् । अध्यक्ष विसीको टिमबाट उपाध्यक्ष ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्मा चुनावी मैदानमा छन् । उप–सचिवद्वयमा भने खुलातर्फ हरि अधिकारी र तृप्ती विश्वकर्मा चुनावी मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : २०८० चैत ११ गते आइतबार