२०८३ वैशाख १३ , आइतबार

एमाले सुर्खेतमा कुलमणि देवकोटाको प्यानलै विजयी



सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । आइतबार मध्यराति सम्पन्न मतगणना अनुसार निवर्तमान अध्यक्ष अमृत कुमार बिसीलाई २१९ मतान्तरले पराजित गर्दै देवकोटा निर्वाचित भएका हुन् ।

खसेको कुल ४९५ मतमध्ये देवकोटाले ३५१ मत पाए भने बिसीले १३२ मत पाए । देवकोटा यसअघि जिल्ला उपाध्यक्ष समेत थिए । पदाधिकारीमा पनि देवकोटाको प्यानलै विजयी भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सूर्यमणि गौतमले जानकारी दिए ।

उनकाअनुसार उपाध्यक्षमा ३ सय ४६ मत ल्याएर मोहन बडुवाल विजयी हुँदा उनका प्रतिस्पर्धी बिसी प्यानलका ताराकेशर गौतमले १३० भोट ल्याए । सचिवमा डम्बर तिवारीले २९१ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले १८९ मत प्राप्त गरे ।

साथै, उप–सचिव खुलामा टीकाराम सोमै र महिलामा सुशीला विश्वकर्मा निर्वाचित भएका छन् । टीकारामले ३२४ मत र सुशीलाले ३३५ भोट ल्याइन् ।

प्रकाशित मिति : २०८० चैत १२ गते सोमबार