![]()
सुर्खेत । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर मेल्लेख–७ नन्देगडाको सुयडी नजिकै दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।
उनकाअनुसार दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी रहेका छन् । घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् ।
प्रकाशित मिति : २०८० चैत १२ गते सोमबार