सुर्खेत । कर्णाली प्रदेश सरकारले आज (सोमवार) जुम्लामा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आज (सोमवार) सार्वजनिक बिदा दिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले चैत १२ अर्थात आज जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको जानकारी दिए ।
जुम्लामा चैत १२ देखि २० सम्म धान दिवस मनाउने प्रचलन छ। सोहीअनुसार जिल्लामा आजदेखि ९ दिनसम्म धान दिवस मनाउन लागिएको छ ।
दुर्लभ जुम्ली मार्सीले संसारकै सबैभन्दा बढी उचाइ अर्थात् समुद्री सतहबाट करिब २ हजार ७ सय ९० मिटर उचाइमा उत्पादन हुने धानको चिनारी बोकेको छ । उपहारका रुपमा विदेशी पाहुनालाई प्रदान गर्न थालिएकाले यसको महत्व अझ बढेको छ ।
प्रकाशित मिति : २०८० चैत १२ गते सोमबार