सुर्खेत । सुर्खेत प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सम्मानित सुर्खेत जिल्ला अदालतबाट २०७९ पुस २५ गते १ वर्ष कैद र २० हजार जरीवाना तोकेपछि फरार रहेका वीरेन्द्रनगर–१२ बस्ने वर्ष २२ का सुनिल बादीलाई प्रहरीले पक्राउ गरेको हो ।
सुनिललाई आइतवार आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । हाल उनलाई जिप्रका सुर्खेतमा राखिएको छ ।
प्रकाशित मिति : २०८० चैत १२ गते सोमबार