२०८३ वैशाख १३ , आइतबार

७८ हजारको झण्डा सहयोग



रुकुम पश्चिम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ३ नेपाने निवासी सुमन बोहराले राष्ट्रिय झण्डा सहयोग गरेका छन् । बोहराले स्यार्पुको छेउमा झण्डा गाडेर सौजन्य गरेको वडा नम्बर ३ का अध्यक्ष तिलबिर केसीले बताए ।

बोहरा हाल अमेरिका बस्छन् । उनले ७८ हजार ७ सयको लागतमा झण्डा निर्माण गरेका हुन् । बोहराले स्यार्पु तालको गौरव बढ्ने गरी नेपाल र नेपालीको परिचय दिने चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा निर्माण गरेर समाजसेवाको उदाहरणीय काम गरेको स्थानीयको भनाइ छ । उनी नेपालमा हुँदा पनि समाजसेवामा तल्लिन थिए ।

प्रकाशित मिति : २०८० चैत १२ गते सोमबार