२०८३ वैशाख १३ , आइतबार

सुप्रिया शाहीले गरिन् क्यान्सर पीडितका लागि कपाल दान



सुप्रिया शाही

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–४ कि सुप्रिया शाहीले क्यान्सर पीडितका लागि कपाल दान गरेकी छन् । शाहीले सोमबार क्यान्सर पीडितका लागि आफ्नो कपाल दान गरेकी हुन् । उनले कपाल दान गर्न पाउनुमा आफू निकै खुसी भएको समेत बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्‘ “यो निर्णयसम्म पुग्न त्यति सजिलो बिलकुलै भएन । सामाजिक प्राणीका रूपमा जन्म लिएपछि यो निर्णयका लागि धेरै आफै भित्रको प्रश्नको सामना आफैले गर्नु पर्‍यो । मैले मेरो मनलाई जिते । म मेरो यो निर्णयबाट एकदमै खुसी छु । विभिन्न रोग र हिंसा, विशेष गरी क्यान्सरबाट पीडित आमा–बुबा, दाजु–भाइ,र दिदीबहिनीहरूले आफ्नो कपाल गुमाउनु भएको छ ।

मैले उहाँहरूको पिडा देखेको छु । धेरै केही गर्न नसके पनि म केही पल, केही छिन उहाँहरूको साथमा उभिन चाहन्छु । सँगैसँगै एक नारीको सौन्दर्यलाई हेर्ने पुरातनबादी आँखाहरूमा पनि केही परिवर्तन भएको हेर्न चाहन्छु ।’ शाही उमेरले सानै भएपनि विगत लामो समयदेखि सामाजिक सेवामा अग्रसर छन् ।

प्रकाशित मिति : २०८० चैत १२ गते सोमबार