२०८३ वैशाख १३ , आइतबार

एमाले सुर्खेतका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले लिए सपथ



सुर्खेत । नव निर्वाचित नेकपा एमाले सुर्खेत जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । नवौं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पाँच पदाधिकारीसहित ९९ र सात सदस्यीय लेखा कमिटीले पद तथा गोपनियताको सथप लिएका हुन् ।

उनीहरुलाई निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सूर्यमणि गौतमले निर्वाचन परिणाम घोषणा गरेर पद तथा गोपनियताको सपथ खुवाइएका हुन् । नवनिर्वाचित अध्यक्ष कुलमणि देवकोटालाई जिल्ला निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत गौतमले पद तथा गोपनियताको सपथ गराएका छन् ।

अध्यक्षको सपथ ग्रहण पश्चात देवकोटाले जिल्ला र लेखा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा स्थानीय कमिटी सदस्य यामलाल कँडेल, सुर्खेत इन्चार्ज गोरख बोगटी, केन्द्रीय सदस्य मोहनमाया ढकाललगायत नेताहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८० चैत १३ गते मंगलबार