२०८३ वैशाख १३ , आइतबार

वीरेन्द्रनगरमा एक महिलाको शव फेला



सुर्खेत । वीरेन्द्रनगरमा एकजना महिलाको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१ गुनापाली जंगलको सुख्खा खोलामा महिलाको शव फेला परेको हो । उक्त शवकाे अहिलेसम्म पहिचान भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गुलाबी कलरको कुर्ता लगाइएकी ती महिलाको शव सडिसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी एवम् प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

उनकाअनुसार स्थानीय महिलाहरु घाँस काट्न गएको बेला शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । खबरपश्चात प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेकोे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत १३ गते मंगलबार