२०८३ वैशाख ३ , बिहीबार

सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन – महानिरीक्षक कुँवर



काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् ।

कुँवरले सहकरी प्रकरणको मुख्य नायक जीबी राई रहेको आफुहरुको पनि बुझाइ रहेको बताउदै उनी मलेसियामा रहेको बताएका छन् । प्रहरीले राईलाई स्वदेश ल्याउने प्रयास आफुहरुले गरिरहेको बताए ।

प्रकाशित मिति : २०८० चैत १४ गते बुधबार