
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर-३ तातोपानीस्थित शिवशक्ति टोल बस्ने वर्ष २८ का राजनकुमार विसी रहेका छन् ।
उनलाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो तातोपानीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका विसीको कोठामा चेकजाँच गर्दा शुद्ध १ ग्राम ६७० मिलिग्राम लागुऔषध ब्राउनसुगर समेत फेलापारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।हाल उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८० चैत १४ गते बुधबार