२०८३ वैशाख १३ , आइतबार

एसईईका नक्कली परीक्षार्थी पक्राउ



सुर्खेत। दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

दैलेख प्रहरीका‌ अनुसार पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका‌ हुन् । प्रहरीले उनको नाम भने खुलाएको छैन। नियमित एसईई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका उनी त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।

मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटोपछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० चैत १५ गते बिहीबार