२०८३ वैशाख १३ , आइतबार

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्रको शव फेला



सुर्खेत । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ । उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको हो ।

पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएपछि इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल तर्फ गएको छ ।

शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए । उनीसँगै अन्य १६ जनाले समेत पुलबाट हाम फालेका थिए ।

प्रकाशित मिति : २०८० चैत १५ गते बिहीबार