२०८३ वैशाख ३ , बिहीबार

सुर्खेतमा स्थानीय तह कर्मचारी संघर्ष समिति गठन

निजामती कर्मचारीलाई विभेद गरेको आरोप


सुर्खेत । निजामती कर्मचारीहरुलाई विभेद गरेको भन्दै सुर्खेतमा स्थानीय तह संघर्ष समिति गठन गरिएको छ । संघीय निजामती सेवा ऐनले स्थानीय तहमा समायोजन भएका निजामती कर्मचारीहरुलाई विभेद गरेको भन्दै सुर्खेतका सबै स्थानीय तहका कर्मचारी एकजुट भएर संघर्ष समिति गठन गरेका हुन् ।
बुधवार बराहताल गाउँपालिका शिक्षा शाखा प्रमुख डम्मर कुमारी रोकायको अध्यक्षतामा प्रारम्भिक भेला गरी संघर्ष समिति गठन गरिएको भेरीगंगा नगरपालिका पशु स्वास्थ्य अधिकृत भोजराज चपाईले जानकारी दिए । उनकाअनुसार गठन गरिएको समितिले विभिन्न मागहरु समेत राखेका छन् ।

स्थानीय तहमा कार्यरत ( संघीय कानुन बमोजिम समायोजन भएका, लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका, प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका कर्मचारीहरु एउटै प्रदेशभित्र प्रदेशले र अन्तर प्रदेश स्थानीय तह सरुवा संघीय मामिलाद्धारा गरिनुपर्ने, समायोजन ऐन २०७५ बमोजिम स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको हकमा ज्येष्ठताका आधारमा निश्चित प्रतिशत छुट्याई संघमा सरुवा हुन पाउने व्यवस्था गरिनुपर्ने लगायतका मागहरु राखेका छन् ।
हेर्नुहोस् मागहरु

प्रकाशित मिति : २०८० चैत २१ गते बुधबार