
सुर्खेत । नेपाल सडक मजदुर ट्रेड युनियन संघीय कमिटी सुर्खेतको सातौं अधिवेशन वीरेन्द्रनगरमा सुरु भएको छ । नेपाल सडक मजदुर ट्रेड युनियन संघीय कमिटी सुर्खेतका उपाध्यक्ष धौल सिंह भाटको अध्यक्षता र संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका प्रमुख श्यामबहादुर खड्काको प्रमुख अतिथिमा सातौं अधिवेशन आज (शनिवार) देखि सुरु भएको हो ।
अधिवेशनको उद्दघाटन सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका प्रमुख खड्काले गरेका हुन् । अधिवेशनमा सडक मजदुरहरुले आफ्ना विभिन्न समस्याहरु राखिरहेका छन् ।
सबै मजदुरलाई सरकारले हेरे पनि सडक मजदुरलाई सरकारले उपेक्षा गरेको उनीहरुको गुनासो छ । आजदेखि सुरु भएको अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।
प्रकाशित मिति : २०८० चैत २४ गते शनिबार