एमाले कालीकोटको अध्यक्षमा तुलाराज मल्ल निर्वाचित

खबरदृष्टि सम्वाददाता २५ चैत्र २०८०, आईतवार ०९:४३

कालीकोट । नेकपा एमाले कालीकोटको अध्यक्षमा तुलाराज मल्ल निर्वाचित भएका छन्। एमाले कालिकोट जिल्ला कमिटीको जिल्ला अधिवेशन अन्तर्गत भएको मतदानबाट मल्ल १ सय ८६ मतसहित अध्यक्षमा निर्वाचित भए। उनका प्रतिष्पर्धी दयाराम सिम्खडाले १ सय १८ मत पाए।

उपाध्यक्षमा टेकबहादुर बुढा, सचिवमा पुष्पराज आचार्य, उप–सचिवमा पवित्र शाही र तारा कुमारी शाही निर्वाचित भए। यस्तै एमाले सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला निर्वाचित भएका छन् बास्तोला यसअघि पनि अध्यक्ष थिए।

उपाध्यक्षमा आसकुमार राई (शिशिर) सचिवमा कल्पना राई, उपसचिवमा मिङमारछिरी शेर्पा र मोहनकुमारी कार्की निर्वाचित भए।

Next Post

सडक मजदुर ट्रेड युनियन सुर्खेतको अध्यक्षमा धनबहादुर बोहरा

२५ चैत्र २०८०, आईतवार ०९:४३
सुर्खेत । नेपाल सडक मजदुर ट्रेड युनियन सङ्घीय कमिटी सुर्खेतको अध्यक्षमा धनबहादुर बोहरा निर्वाचित भएका छन् । शनिवार वीरेन्द्रनगरमा भएको सातौँ अधिवेशनबाट आफ्ना प्रतिद्वन्द्वी धौलासिँह भाटलाई पराजित गर्दै उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । बोहराले २२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भाटले जम्मा २ मत मात्रै पाएका थिए । निर्वाचित […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031