
सुर्खेत । नेपाल सडक मजदुर ट्रेड युनियन सङ्घीय कमिटी सुर्खेतको अध्यक्षमा धनबहादुर बोहरा निर्वाचित भएका छन् । शनिवार वीरेन्द्रनगरमा भएको सातौँ अधिवेशनबाट आफ्ना प्रतिद्वन्द्वी धौलासिँह भाटलाई पराजित गर्दै उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
बोहराले २२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भाटले जम्मा २ मत मात्रै पाएका थिए । निर्वाचित बोहरा निवर्तमान सचिव हुन् भने भाट उपाध्यक्ष थिए । अध्यक्ष पदमा सर्वसम्मत गर्ने प्रयास गरिए पनि उनीहरू दुबैजनाले अध्यक्ष पदमा दाबी गरेपछि अन्ततः निर्वाचन भएको थियो ।
अध्यक्ष पदको लागि निर्वाचन भएपनि अन्य पदमा भने सर्वसम्मत पदाधिकारी चयन गरिएको छ । जसकाे उपाध्यक्षमा मदन महत, सचिवमा जनकराज जोशी,कोषाध्यक्षमा बालाराज जैसी, सह–सचिवमा दीपेन्द्रबहादुर राना चयन भएका छन् ।
यस्तै सदस्यहरूमा शंकरबहादुर बस्नेत, शंकरबहादुर शाही, तुलप्रसाद उपाध्याय, टेकबहादुर शाही र टेकराज भट्ट चयन भएको नवनिर्वाचित अध्यक्ष बोहराले जानकारी दिए । उनकाअनुसार मानबहादुर शाही, डिले कामी नरेन्द्रबहादुर चन्द र केशव कुमार केसी सल्लाहकार सदस्यमा सर्वसम्मत चयन भएका छन् ।