२०८२ फागुन २० , बुधबार

रात्रीबसको ठक्करबाट एक युवाको मृत्यु



सुर्खेत । रात्री बसले मोटरसाइकललाई ठक्कर दिँदा दाङको तुलसीपुरमा एक युवाको मृत्यु भएको छ । अर्का युवा गम्भीर घाइते भएका छन् । तुलसीपुरबाट काठमाडौं आउदै गरेको बसको ठक्करबाट मोटरसाइकल चालक घोराहीका २३ वर्षीय सौगात ओलीको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार अर्का ३५ वर्षिय शरद लामिछाने गम्भीर घाइते भएका हुन् । घोराही उपमहानगरपालिस्थित सिस्नेखोलाको ओरालोमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० चैत २८ गते बुधबार