एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही निर्वाचित

खबरदृष्टि सम्वाददाता २८ चैत्र २०८०, बुधबार ०९:२१
नरेन्द्रकुमार शाही

जाजरकोट । नेकपा एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही निर्वाचित भएका छन् । मंगलवार मध्यराति सम्पन्न मतगणनाअनुसार प्रतिद्वन्द्वी खिमबहादुर शाहीलाई ८ मतले पराजित गर्दै नरेन्द्र अध्यक्षमा निर्वाचित भएका हुन् ।

खसेको कुल ३९७ मतमध्ये नरेन्द्रले १९४ मत पाएभने खिमबहादुरले १८६ मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन् । शाहले १८२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी मोतिलाल वलीले १७५ मत प्राप्त गरेका थिए ।

सचिवमा गोपाल बहादुर नेपाली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नरबहादुर बस्नेत (एन.बी) लाई १७ मत अन्तरले पछि पार्दै १८८ मत प्राप्त गरी नेपाली विजयी भएका हुन् । बस्नेतले १७१ मत प्राप्त गरेका थिए । यस्तै, उप-सचिवमा तप्तबहादुर हमाल विजयी भएका छन् उनका प्रतिस्पर्धी भक्तबहादुर बस्नेतलाई पछि पार्दै हमाल विजयी भएका हुन् ।

हमालले १८१ मत प्राप्त गरेका थिएन भने बस्नेतले १५७ मत प्राप्त गरेका छन् । महिला उपसचिवमा सुनिता बोहरा विजयी भएकी छन् । उनका प्रतिस्पर्धी हरिकला जैसीलाई पराजित गर्दै बोहरा निर्वाचित भएकी हुन् । बोहराले १९३ मत प्राप्त गरेकी थिईन् भने जैसीले १५१ मत प्राप्त गरेकी थिईन् ।

May be an image of blueprint and text

Next Post

कर्णाली प्रदेश स्थापनाका मुख्य कमान्डरकाे सत्ताराेहण : जन-अपेक्षाको चाङमा पुरिने "भय"

२८ चैत्र २०८०, बुधबार ०९:२१
सुर्खेत । २०७० सालको निर्वाचन पछिको पराजय अनि त्यसपछि न त पार्टी, न सरकारी पद धारण गरेको अप्ठ्यारो अवस्थामा पुगेको बेला २०७२ सालमा सरकारले राज्यको पुनर्संरचना गरी प्रदेशहरूको सीमा विभाजन गर्‍यो। दोस्रो संविधानसभाले देशमा ६ वटा प्रदेश बनाउँदै सुर्खेतलाई सुदूरपश्चिम प्रदेशमा गाभ्ने निर्णय गर्‍यो। सरकारले गरेको पुनर्संरचनाको निर्णय विरुद्धमा सुर्खेतको […]

सम्बन्धित समाचार

May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031