२०८३ वैशाख १५ , मंगलबार

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको जहाज भैरहवा फर्कियो



सुर्खेत । प्रतिकूल मौसमका कारण हवाइ उडान प्रभावित भएका छन्। बिहीबार अपरान्ह एक्कासी चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।

आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन्। नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बुद्ध एअरको जहाज भैरहवा फर्किएको छ। त्यस्तै, सिमराबाट काठमाडौं आइरहेको जहाज सिमरा नै डाइभर्ट भएको छ।

काठमाडौंबाट पोखरा जान लागेको यती एअरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ। केही अन्तर्राष्ट्रियतर्फ जहाज डाइभर्ट गरिएको प्रवक्ता झाले बताए। काठमाडौं लगायत देशका विभिन्न भागमा अपराह्नदेखि हावाहुरीसँगै पानी परेको छ।

प्रकाशित मिति : २०८० चैत २९ गते बिहीबार