काठमाडौ । नेकपा एमालेले नयाँ पुस्तामा पार्टीप्रतिको आकर्षण बढाउने योजना अघि सारेको छ। वैशाख १० गते बसेको पार्टी प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वयरपरामर्श वैठकले पार्टी सदस्यता विस्तारमा नयाँ पुस्ताको सहभागिता गराउन युवाकेन्द्रित कार्यक्रम ल्याउने निर्णय गरेको हो।
‘आईटी र डिजिटल माध्यम समेतको प्रयोग गरी सबभन्दा पहिले आफ्नै पार्टी नेता र कार्यकर्ताहरूका छोराछोरीहरूलाई केन्द्रित गरी आवश्यक योजना बनाउने र नयाँ पुस्ताको संगठन अनेरास्ववियुमार्फत संस्थागत गर्दै लाने,’ पोखरेलले हस्ताक्षर गरेर पठाएको निर्देशनमा भनिएको छ, ‘अबको पार्टी कामको योजना ३० वर्ष मुनिका युवाहरूलाई ध्यानमा राखेर गर्न निर्देशन गर्ने।’
बैठकले गरेका ८ बुँदे निर्णय कार्यान्वयनको लागि तल्ला तहमा पठाइएको महासचिव पोखरेलले बताएका छन्।
प्रकाशित मिति : २०८३ वैशाख १३ गते आइतबार