२०८३ वैशाख १३ , आइतबार

ज्वाला ट्रेडर्सको गोदाममा आगलागी



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–६ मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको छ । आइतबार दिउँसो करिव २ः५ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अहिले आगो निभाउनका लागि वीरेन्द्रनगर नगरपालिकाको दमकल परिचालित गरिएको छ । आगो के कारणले लाग्यो भन्नेबारे खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०८१ वैशाख २ गते आइतबार