
नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्ट
सल्यान । नेपाली कांग्रेसले सल्यानका सभापति केशबहादुर विष्टमाथि भएको सांघातिक हमलाको भर्त्सना गरेको छ । कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका सभापति विष्टमाथि गरिएको सांघातिक आक्रमणको घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ ।
गत चैत्र २९ गते बेलुका कर्णाली प्रदेश स्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा कालीकोटबाट सल्यानतर्फ फर्कने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिका स्थित वालुवा संग्रही भन्ने उनीमाथि सांघातिक हमला भएको थियो ।
कांग्रेसले यस घटनाको घोर निन्दा र भत्र्सना गर्दै घटनाको यथार्थ छानविन गरी दोषीलाई कानुनी कारवाहीका लागि सरकारसँग जोडदार माग गरेको छ ।
प्रकाशित मिति : २०८१ वैशाख ३ गते सोमबार