सुर्खेतमा गरियो तीनदिने अध्ययन अनुसन्धान तालिम

खबरदृष्टि सम्वाददाता ३ बैशाख २०८१, सोमबार १८:१३

सुर्खेत । सुर्खेतस्थित आयुर्वेदिक अस्पताल अनुसन्धान केन्द्र तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा तीनदिने अध्ययन अनुसन्धान तालिम सम्पन्न भएको छ। कर्णाली प्रदेश अन्तर्गत १३ जिल्लाका आयुर्वेद चिकित्सक,चिकित्सक, ल्याबका कर्मचारी,नर्सहरुलाई उक्त तालिम दिइएको थियो।

तालिम प्रशिक्षकका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना प्राध्यापकहरु रहेका थिए । जसमा डा. पूजन कुमार रोकाया,डा. श्रीसानन्द सन्जेल तथा डा. उमेशराज अर्याल रहेका थिए।

अनुसन्धान के कस्ता कुराहरुमा गर्न सकिन्छ ? त्यसका विधी तथा प्रक्रिया, कर्णाली प्रदेशमा अनुसन्धानको सम्भावना लगायतका विषयमा तालिम केन्द्रित रहेको प्रशिक्षक प्राडा पूजन कुमार रोकायाले बताए। उक्त तालिमले अनुसन्धानकर्ताहरुलाई सहज हुने डा‍. रोकायाले बताए।

Next Post

कर्णालीमा बजेट खर्च सुस्त : नौ महिनामा २५ प्रतिशत मात्रै खर्च

३ बैशाख २०८१, सोमबार १८:१३
कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेश सरकार गठन भएको ७ बर्ष वितिसक्दापनि अपेक्षित बजेट खर्च हुन सकिरहेको छैन। बजेट खर्च नहुँदा विकास निर्माणलगायतका कामहरु समयमै सम्पन्न हुन सकिरहेका छैनन् । हरेक बर्ष बजेट छुट्टयाईने तर त्यसको समयमै अख्तियारी नपुग्दा विकास जहाँको त्यही रहेको छ। यसले जनतामा चरम निराशा पैदा भएको […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031