
बर्दिया । बर्दियामा करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिमको सानोभेरी गाउँपालिका ५ का ३४ वर्षीय बमबहादुर पुन रहेको छन् ।
उनलाई आज (मंगलबार) बढैयाताल गाउँपालिका २ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहाले चेकिङका क्रममा पक्राउ गरेको हो ।
चेकिङका क्रममा पुनसँग भएका दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागुऔषध चरेस जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त सामानसहित उनी नेपालबाट भारततर्फ जान लागेका थिए ।
प्रकाशित मिति : २०८१ वैशाख ४ गते मंगलबार