वीरेन्द्रनगरमा तेस्रो पटक फिल्म फेस्टिभल हुँदै

खबरदृष्टि सम्वाददाता ५ बैशाख २०८१, बुधबार १५:५९

सुर्खेत । नेपालका लागि युरोपियन युनियनको डेलिगेशनले नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) कर्णाली प्रदेशको सुर्खेतमा तेस्रो पटक आयोजना गर्ने भएको छ । बुधवार आयोजकले वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत महोत्सव वैशाख ७ र ८ गते मध्यपश्चिम विश्वविद्यालयको हल कुइनेपानीमा हुने  जानकारी दिएको हाे ।

महोत्सवमा ९ वटा युरोपियन चलचित्रहरु र १२ नेपाली लघु चलचित्र प्रदर्शित हुने नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा. जोएल इभोनेट्ले जानकारी दिइन् । उनले नेपाल–युरोपियन युनियनको दौत्यसम्बन्ध र विकास सहकार्यवारे विश्वविद्यालयमा व्याख्यान गर्ने कार्यक्रम रहेको बताइन् । युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटीक सृजनशीलता काठमाडौं, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका नेपाली दर्शकहरूसंग आदानप्रदान गर्न पाउँदा अत्यन्त हर्षित भएको बताईन ।

युरोपियन युनियन–नेपाल दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष भएकाले यस वर्षको चलचित्र महोत्सवको मूल नारा ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव’ मूल नारा रहेको छ । महोत्सवको लागि लघु चलचित्र छनौट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो, जसमा ५२ वटा लघुचलचित्र समावेश भएका थिए । ती ५२ मध्येवाट १२ वटा लघुचलचित्र महोत्सवका लागि छनौट गरिएको हो ।

जसमा ९ वटा यूरोपेनी चलचित्रमध्ये सुर्खेतमा मेरियन र निर्देशित विवि डेनमार्क), रोकरिगो सोरोगोयेन निर्देशित् द विस्ट, जेडिया वर्माव निर्देशिन टीपार रालोमेरो निर्देशित स्कूलग्रन्स, इम्यानुएन पर निर्देशित निकाय मानिचेज कि एन्टोनियो नुकीच निर्देशित लक्जेम्बर्ग जेम्बर्गप्रति गरि भने १२ वटा र नेपाली चलचित्रमध्ये शान्ता नेपानी निर्देशित ध्येय ड्रिम्स, जिन महत निर्देशित दस ट पिरियड, समल वजाचार्य निर्देशित हावाम्यानु स्वयम् मास्के मानन्धर निर्देशित दबुन, व काऊ द काफ, अतिन श्रेष्ठद्वारा निर्देशित मखमली उडान, निमा गेन् शेषां निर्देशित काठमाडी मनसुन र अनिल कुमी निर्देशित करा प्रदर्शित हुनेछन् ।

नियुफको १३ संस्करणअन्तर्गत बागमती प्रदेशको काठमाडौँ र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर र नेपालगञ्जमा सफलतापूर्वक सम्पन्न भइसकेको छ । नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले फिल्म क्रिटिक्स कम्पिटिसन (चलचित्र समालोचना प्रतियोगिता)समेत आयोजना गर्दै छ ।

यस प्रतियोगितामा उत्कृष्ट चलचित्र समीक्षा-समालोचनालाई फिल्म क्रिटिक्स अवार्ड प्रदान गरिनेछ। यस प्रतिस्पर्धाका विजेताहरु पनि यसै वर्षको शरदमा ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्र महोत्सवमा सहभागी हुने छन् ।

Next Post

एक हप्तासम्म पनि भएन भीमाको शवको पोस्टमार्टम, घर फर्किए आफन्त

५ बैशाख २०८१, बुधबार १५:५९
सुर्खेत । गत बिहीबार प्रदेश अस्पताल सुर्खेतमा अप्रेसनको क्रममा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (गुरूङ्ग) बलामीको शव अझै पोस्टमार्टम हुन सकेको छैन । मृतकका परिवारले अस्पतालले क्षतिपूर्ति नदिएसम्म शव जिम्मा नलिने अडान लिएपछि शव प्रदेश अस्पताल कालागाउँमै थन्किएको छ । गर्मी मौसम भएकाले एक हप्तादेखि शव […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031