एक हप्तासम्म पनि भएन भीमाको शवको पोस्टमार्टम, घर फर्किए आफन्त

खबरदृष्टि सम्वाददाता ५ बैशाख २०८१, बुधबार १६:४८

सुर्खेत । गत बिहीबार प्रदेश अस्पताल सुर्खेतमा अप्रेसनको क्रममा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (गुरूङ्ग) बलामीको शव अझै पोस्टमार्टम हुन सकेको छैन । मृतकका परिवारले अस्पतालले क्षतिपूर्ति नदिएसम्म शव जिम्मा नलिने अडान लिएपछि शव प्रदेश अस्पताल कालागाउँमै थन्किएको छ ।

गर्मी मौसम भएकाले एक हप्तादेखि शव त्यसै राखिँदा दुर्गन्ध फैलन सक्ने सम्भावना छ । पाठेघर सफा गर्ने क्रममा डाक्टरहरूको लापरबाहीका कारण मृत्यु भएको भन्दै युवतीका आफन्तहरूले क्षतिपूर्तिको माग राख्दै निरन्तर आन्दोलन गरिरहेका थिए । उनीहरूले ८ महिने नबालिका दुधे बालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्यमध्ये १ जनालाई रोजगारी, घटनाको उच्च स्तरीय छानबिन समिति गठन, बालिकाको पठनपाठनको ग्यारेन्टी नभएसम्म शव पोस्टमार्टम गर्न नदिने अडान राखेका थिए ।

मागको कुनै सुनुवाइ नभएपछि आफन्तहरूले शव अस्पतालमै छोडेर घर फर्किएका छन् । ‘शान्तिपूर्ण आन्दोलन, धर्ना र पटक–पटक वार्ता छलफल गर्दा पनि अस्पताल प्रशासनले यस विषयलाई गम्भीरतापूर्वक लिएन,’ मृतक भीमाकी बुवा गोविन्दबहादुर गुरुङले भने, ‘हामीले शव नबुझेरै घर फर्कियौँ, अब अस्पतालले जे गर्छ गरोस्’ अस्पतालले भने डाक्टरहरूका कारण मृत्यु नभएको दाबी गर्दै आएको छ । प्रदेश अस्पताललाई देशकै उत्कृष्ट भनिएपछि सेवा प्रवाहका विषयमा भने व्यापक प्रश्न उठ्दै आएको छ ।

Next Post

मानव सेवा आश्रम सुर्खेतले ग¥यो वेवारिसे पुरुषको उद्दार

५ बैशाख २०८१, बुधबार १६:४८
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको मानव सेवा आश्रमले एकजना नागरिकको उद्दार गरेको छ । आश्रमले बुधबार राति वीरेन्द्रनगर–३ हिलेखाली नजिकबाट नाम बताउन नसक्ने बेबारिसे नागरिकलाई उद्दार गरेको हो । आश्रमले अन्दाजी ५४ वर्षीय पुरुषलाई शारीरिक अवस्था नाजुक भएको र चिसोले कामिरहेको रहेको अवस्थामा उद्दार गरिएको मानव सेवा आश्रम […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031