मानव सेवा आश्रम सुर्खेतले ग¥यो वेवारिसे पुरुषको उद्दार

खबरदृष्टि सम्वाददाता ६ बैशाख २०८१, बिहीबार ११:२३

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको मानव सेवा आश्रमले एकजना नागरिकको उद्दार गरेको छ । आश्रमले बुधबार राति वीरेन्द्रनगर–३ हिलेखाली नजिकबाट नाम बताउन नसक्ने बेबारिसे नागरिकलाई उद्दार गरेको हो ।

आश्रमले अन्दाजी ५४ वर्षीय पुरुषलाई शारीरिक अवस्था नाजुक भएको र चिसोले कामिरहेको रहेको अवस्थामा उद्दार गरिएको मानव सेवा आश्रम सुर्खेतका संयोजक सुजन गौतमले जानकारी दिए । उनको परिवार र घर कहाँ हो भनेर खोजीकार्य भइरहेको गौतमले बताए ।

उनकाअनुसार सडकमा बेवारिसे अवस्थामा रहेका बालकदेखि वृद्धसम्मका मानिसलाई उद्धार गरी आश्रममा स्वास्थ्योपचार, भोजनलगायत आवश्यक सेवा, सुविधा दिएर राख्ने र रोग निको भइसकेपछि परिवारको जिम्मा लगाउने गरिन्छ ।

Next Post

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

६ बैशाख २०८१, बिहीबार ११:२३
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले बिहीबार सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । यसअघि वैशाख २ गते नागरिक उन्मुक्ति पार्टीबाट दुई […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031