
सुर्खेत । एमाले सुर्खेतका एक नेताले पार्टी परित्याग गरेका छन्। एमालेमा लामोसमयदेखि विवादमा परेका हरि अधिकारीलाई एमाले पार्टीले निलम्बन गरेकाे थियाे। निलम्बनकै अवस्थामा रहेका चौकुने गाउँ कमिटीका अध्यक्षसमेत रहेका अधिकारीसहित १ सय ५० जनाभन्दा बढीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
मंगलवार चौकुनेमा एक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई पार्टी प्रवेश गराइएकाे हाे। नव प्रवेशीहरुलाई उक्त पार्टी संसदीय दलका सचेतक सांसद सन्तोष परियारले टिका लगाई पार्टी प्रवेश गराएका हुन् ।
नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी पार्टी परित्याग गरेर रास्वपामा प्रवेश गरेको रास्वपा चौकुनेका संयोजक विष्णु उपाध्यायले जानकारी दिए । उनकाअनुसार पार्टी प्रवेश गर्नेहरुले रास्वपा पार्टीको एजेण्डा आफुहरुलाई मन परेको भन्दै पार्टी प्रवेश गरेका थिए।
पार्टी प्रवेश गर्नेहरुमा स्थानीय नेताहरू गजराज बयक, तारा देबकोटा, हरिश्चन्द्र थापा, बम बहादुर बुढा, हिमलाल कँडेल, यामलाल अधिकारी, टिकाराम कँडेल, हरिकला कँडेल, याम बिक, पुर्ण बिक, देबिराम बिक, तेजेन्द्र बयक, कृष्ण कसेरा, देबिराम कसेरा, कृष्ण कसेरा, नरेन्द्र सिजापती छन।
यसैगरी तिलबहादुर आले, राहुल बिक, पूर्ण फर्सेल, प्रेमिका बिसि, स्मृति आचार्य, मिना गौतम, अमृता सिग्देल, डिल्ली घिमिरे, गौमती बिक, भोजराज जोशी, मान बहादुर बुढा, हिरा सिँह थापा, बल बहादुर बास्तोला, नन्दराम दानी, जुन सन्जोक थापा लगायतका १ सय ५० जनाले रास्वपा प्रवेश गरेका छन्।