२०८३ वैशाख १३ , आइतबार
माओवादीमा पनि कचिङ्गल

माओवादी सांसद विन्दमानले दलका नेतालाई दिए ‘श्री ३ शर्मा महाराज’को संज्ञा



सुर्खेत । मन्त्री छनोटको विषयलाई लिएर कर्णालीमा सत्तारुढ दल माओवादी र एमाले दुबैमा विवाद भएको छ । एमालेभित्रको विवादका कारण कृषि मन्त्री नियुक्त भएका विनोदकुमार शाहले मन्त्रीको शपथ बहिस्कार गरेका छन् भने यता माओवादीभित्र पनि विवाद उत्पन्न भएको छ ।

मन्त्रीका लागि चर्चामा रहेका माओवादी सांसद विन्दमान विष्टले पुर्व मुख्यमन्त्री एवम् माओवादी संसदीय दलका नेता राजकुमार शर्माले एकलौटे गर्न खोजेको आरोप लगाएका छन् । उनले बुधवार बिहानै सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै शर्मालाई ‘श्री ३ शर्मा महाराज’को संज्ञा दिएका छन् ।

उनले लेखेका छन्, ‘श्री ३ शर्मा महाराजको उपनिवेशमा गाह्रो छ हो साथी हो ।’ विष्टलाई यसअघिनै मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको थियो । तर त्यो बेला उनले नेता मान्दै आएका शक्ति बहादुर बस्नेतले सहयोग नगरको भन्दै बस्नेतबाट असन्तुष्ट बने ।

तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वको सरकारमा अर्थमन्त्री भइसकेका विष्ट यो पटक पनि अर्थ पाउनेमा विश्वस्त थिए । सबै हिसाबले विष्ट अर्थका लागि तयार नै भएको तर, दल नेता शर्माले आफ्नो जिल्ला रुकुम पश्चिमका सांसद महेन्द्र केसीलाई अर्थ मन्त्री बनाइदिए ।

केसीले मंगलबार शपथ पनि लिइसकेका छन् । यता विष्टले भने त्यसको विरोध जनाएका हुन् ।

प्रकाशित मिति : २०८१ वैशाख १९ गते बुधबार