२०८३ वैशाख १३ , आइतबार

करेन्ट लागेर एक युवाको मृत्यु



सुर्खेत । मुगुमा करेन्ट लागेर एक जनाको युवाको मृत्यु भएको छ । सोरू गाउँपालिका–६ सोरूकोटमा बिजुली बत्ती बनाउने क्रममा पोल चढेको बेला अचानक करेन्ट लागेर सोही ठाउँका २८ वर्षिय खम्मा शाहीको मृत्यु भएको हो ।

बिहीबार बिहान बत्ती बनाउने क्रममा बिजुलीको पोल चढेको बेला घामपावर मिनिग्रेट सोलार सिस्टमको बिजुलीको करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । शाहीको शव पोष्टमाटर्मका लागि जिल्ला अस्पताल ठिनीमा लगिएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख २१ गते शुक्रबार