
सुर्खेत । वीरेन्द्रनगरमा लागूऔषधसहित दुईजना पक्राऊ परेका छन् । पक्राउ पर्नेहरुमा जुम्ला चन्दनाथ नगरपालिका- ४ घर भई हाल वीरेन्द्रनगर-१० नयाँ गाउँ बस्ने वर्ष २४ का विशाल सार्की सोही ठाउँ बस्ने वर्ष १८ का सन्दिप सार्की रहेका छन् ।
उनीहरूलाई आइतवार वीरेन्द्रनगर-१० नयाँगाउँबाट लागूऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बीरेन्द्र बीर बिश्वकर्माले खबरदृष्टिलाई जानकारी दिए।
उनका अनुसार उनीहरूलाई शंकास्पद रुपमा फेलापारी शरिर खानतलासी गर्दा उनीहरूको साथबाट शुद्ध २ सय १० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो धुलो पदार्थ फेलापारी वरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ वैशाख २३ गते आइतबार