३५ मजदुर मारिएको विमानस्थल परीक्षण उडानमै सीमित

अझै आस देखाउदै केबुलकारको

कुलेन्द्र शाही २६ बैशाख २०८१, बुधबार १७:१२
सुनथराली विमानस्थल

कुलेन्द्र शाही, सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिकामा–१ कोटबाडामा रहेको सुनथराली विमानस्थल निर्माण थालिएको ३९ वर्ष निर्माणको काम पुरा भएको थियो । वि.सं. २०४२ सालमा निर्माण गर्न थालिएको विमानस्थल ३९ वर्षमा पुरा भएपनि परीक्षण उडानमा मै सीमित भएको छ । विमानस्थल निर्माणको काम थालिएको झण्डै चार दशक लामो समय बितेको मात्रै होइन यस अवधिमा विमानस्थल निर्माणका क्रममा ३५ जना मजदुरले ज्यान पनि गुमाएका छन् ।

विगत ३९ वर्षदेखि निर्माण थालिएको विमानस्थलमा हालका प्रधानममन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, महेन्द्रबहादुर शाही, राजकुमार शर्मादेखि कयौं मन्त्रीहरू कोटबाडा विमानस्थलमा पुगेर राजनीतिक भाषण गरेका छन् । उनीहरुकै एउटै बोली हुन्छ ।

‘परीक्षण उडान गर्ने, परीक्षण उडानपछि नियमित उडान गर्ने’ तर, दुई पटक परीक्षण उडान भएको विमानस्थलमा नियमित उडान भने अहिलेसम्म पनि अनिश्चित रहेको छ । विभिन्न राजनीतिक दलका शिर्ष नेताहरू आएर विमानस्थल सञ्चालन गर्ने वाचा गरेको भएपनि हालसम्म पनि विमानस्थल सञ्चालनमा आउन नसकेको स्थानीय विमल विष्टले बताए ।

‘चुनावका बेला सबैले विमानस्थल नियमित उडान गर्ने वाचा गर्छन्,’ उनले भने,‘अहिलेसम्म नियमित उडान भने हुन सकेको छैन् ।’ कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री रहेका जीवनबहादुर शाही संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हुदाँ २०७३ माघ २९ गते परीक्षण उडान भएको गरिएको थियो ।

त्यसपछि गत फागुन १४ सोमवार पूर्वउपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्का, पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही सहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरण गरेर विमानस्थलको उद्घाटन गरेका थिए ।

विमानस्थलको उद्घाटन गर्दै पूर्वउपप्रधान तथा रक्षामन्त्री पुर्णबहाददुर खड्काले लामो समयपछि निकै मेहनत र कठिन परिस्थितीका वाफजुत विमानस्थलको उद्घाटन गरेका बताएका थिए । उनले विमानस्थल निर्माणमा गोली खाएर मारिएका एक नाबालक सहित ३५ जना धादिङ जोगिमाराका मजदुरप्रति हार्दिक श्रदा शुमन व्यक्त गरेका थिए ।

सबैले नियमित उडानको लागी स्थानिय सरकार प्रदेश सरकार र संघिय सरकारले गर्ने प्रतिवद्धता जनाएका थिए । यात्रुको माग हेरेर हप्ताको एकपटक उडान भर्ने प्रतिवद्धता जनाए । त्यसपछि कसैको चासो नजाँदा अहिले कोटबाडा विमानस्थलमा परीक्षण उडानमै सीमित भएको छ ।

मारिएका स्थानीय मजदुरको सालिक बनाउने प्रतिवद्धता
त्यसको एक वर्षपछि भएको प्रदेश र प्रतिनिधिसभाको चुनावसभा सम्बोधन गर्न त्यही कोटबाडा २०७९ सालमा भएको निर्वाचन विमानस्थलमा पुगेर नियमित उडान, स्तरोन्नतिको काम गर्ने र विमानस्थल निर्माण क्रममा मारिएका मजदुरको नाममा सालिक बनाउने घोषणा गरेको अहिलेसम्म पनि त्यसको कुनै काम हुन नसकेको पूर्व जिल्ला विकास समितिका सदस्य कटबहादुर विष्टले बताए ।

यस्तै विमानस्थल निर्माण थालिएको तीन दशक नाघ्दा कति खर्च भयो भन्ने कुनै लेखाजोखा छैन । कहिले ठेकेदार, कहिले उपभोक्ता समिति त कहिले मन्त्रालय आफैँले काम गरेकाले कति खर्च भयो कुनै लेखाजोखा नरहेको जिल्ला समन्वय समिति कालीकोटका इन्जिनियर इञ्जिनियर चक्रबहादुर शाही बताए ।

‘कहिले ठेक्कामार्फत कहिले उपभोक्ता समिति मार्फत काम भयो,’ उनले भने, ‘अहिलेसम्म खर्च कति भयो अत्तोपत्तो छैन ।’ दैनिक तीन रुपैयाँ पाउने मजदुरको ज्याला हजार पुग्यो कोटबाडा विमानस्थल निर्माण कार्य कुन गतिमा अघि बढिरहेको भन्ने कुरा थाहा पाउन त्यहाँ कार्यरत कामदारको ज्यालालाई उदाहरणको रुपमा लिन सकिने पूर्व जिल्ला विकास समितिका सदस्य कटबहादुर बिष्टका बताए ।

‘वि.सं. २०४२ सालमा निर्माण कार्य शुरु हुँदा त्यहाँ काम गर्ने मजदुरको दैनिक ज्याला थियो रुपैयाँ थियो,’ उनले भने,‘अहिले यो बढेर १५ सय पुगिसकेको छ, तर काम अझै सम्पन्न भएको छैन ।’

यसरी मारिएका थिए कोटबाडा विमानस्थलमा मजदुर
विसं.२०५८ साल फाल्गुन ४ गते अछामको सदरमुकाम मंगलसेन र साफेबगरमा माओवादीले हमला गरे । माओवादी मंगलसेन र साफेबगरमा हमला गरेपछि माओवादीका जनमुक्ति सेना कालिकोट हुँदै आए । माओवादी कालिकोट पुगेको खबर पाएपछि तत्कालिन शाही नेपाली सेनाका हेलिकप्टर कोटबाडा निमार्णाधिन विमानस्थल फागुन ११ गते बस्न खोजे ।

तर, माओवादीका सेनाले बस्न लागेका हेलिकोप्टरमा गोली प्रहार गरे । माओवादी लडाकु फागुन १२ गते राती भागेपछि फागुन १३ गते तत्कालिन शाही नेपाली सेनाका हेलिकप्टर बसे । हेलिकप्टर अवतरण भएपछि त्यहाँ काम गर्ने मजदुरहरू डराएर स्थानीय गंगा बिष्टको घरमा खाना खाइरहेको बेला सेना उनीहरूलाई गोली हानेर मारेको स्थानीय विमल बिष्टले बताए ।

को को मारिएका थिए ३५ जना मजदुर ?
२०५८ फागुन १३ गते कालिकोटको कोटबाडामा माओवादी भन्दै तत्कालिन सरकारी सेनाले ३५ जना मजदुरसहित ६ जना स्थानीय मारेका थिए । स्थानीय ६ महीने नाबालक नवीन बिष्टसहित लालबहादुर कठायत, भीमबहादुर कठायत, गोर्खे कठायत, गणेश बिष्ट, टेक बिष्ट, गंगा बिष्ट कोटबाडाकै स्थानीय बिसिन्दा थिए ।

त्यस्तै, मारिने मजदुरहरूमा धादिङ्ग जोगीमाराका सानुकान्छा चेपाङ, रामबहादुर चेपाङ, विकास चेपाङ, शेरबहादुर चेपाङ, कुम्ले चेपाङ, चित्रबहादुर (तिलु) चेपाङ, दिलबहादुर चेपाङ, बुद्धराज चेपाङ, टंकबहादुर गुरुङ, गोकण गुरुङ, ज्ञानबहादुर थापा, मञ्जु थापा, टेकबहादुर विक, सानुकान्छा (सूर्य) विक, राजकुमार विक, राजकुमार श्रेष्ठ, काभ्रे दोलालघाटका प्रेम (माइला) तामाङ, काभ्रे सानोबाङथलीका पासाङ तामाङ, रामेछाप नागदहका हर्कबहादुर तामाङ र ताकुकोट गोरखाका कुमार बरामलगाएतका रहेका थिए ।

अझ आस देखाउन थाले केबुलकारको
विमानस्थल नियमित नभएपछि मान्म–कोडबाडा केबुलकार स्थानीयलाई आस देखाउन थालेको । केबुलकारको सम्भाव्यता अध्ययनमै सीमित रहेको छ । सदरमुकाम मान्मको कोटदरबारदेखि कोडबाडा जोड्ने दुई हजार एक सय ५७ मिटरको दूरीमा रहने केबुलकारको डिपिआर तयार गरे पनि अहिलेसम्म यसको निर्माणमा भने अन्यौलता रहेको छ ।

नरहरिनाथ गाउँपालिका–१ मा रहेको सुनथराली विमानस्थलसम्म पुग्न र विमानस्थलबाट सदरमुकाम मान्म पुग्न छिटो छरितो र सहज होस् भन्ने हेतुले निर्माण गर्न लागिएको केबुलकार अहिलेसम्म अध्ययनमै सीमित भएको हो । मान्म कोडबाडा केबुलकार बने नेपालकै प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिर जान सहज हुने भए पनि केबुलकार निर्माणमा ढिलासुस्ती भएको छ ।

नहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर विष्टले यस वर्ष पाँच करोड रुपियाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको बताए । नरहरिनाथको कोडबाडा–१ मा सुनथराली विमानस्थल निर्माण गरिएको झण्डै चार दशकपछि सम्पन भए पनि जहाज उडानमा कुनै सुरसारनै छैन । केबुलकार निर्माण भए पर्यटन प्रवर्द्धनका साथै आवतजावत गर्न पनि सहज हुने आम अपेक्षा रहेको छ ।

Next Post

विश्व रेडक्रस दिवस : मानवता प्रवर्धनका लागि अभियानहरु सञ्चालन गर्न आवश्यक

२६ बैशाख २०८१, बुधबार १७:१२
सुर्खेत । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशले मानवता विहीन संस्कृति मौलाउदै गइरहेकोप्रति चिन्ता व्यक्त गरिएको हो । बुधवार विश्व रेडक्रस दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रममा नेपाल रेडक्रस कर्णाली प्रदेशका उपनिर्देशक राजकुमार क्षेत्रीले मानवता विहीन संस्कृति मौलाउँदै गइरहेकोप्रति दुःख व्यक्त गरे । उनले मानवता प्रवद्र्धनका लागि समाजका हरेक तह […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031