विश्व रेडक्रस दिवस : मानवता प्रवर्धनका लागि अभियानहरु सञ्चालन गर्न आवश्यक

खबरदृष्टि सम्वाददाता २६ बैशाख २०८१, बुधबार २३:०२

सुर्खेत । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशले मानवता विहीन संस्कृति मौलाउदै गइरहेकोप्रति चिन्ता व्यक्त गरिएको हो । बुधवार विश्व रेडक्रस दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रममा नेपाल रेडक्रस कर्णाली प्रदेशका उपनिर्देशक राजकुमार क्षेत्रीले मानवता विहीन संस्कृति मौलाउँदै गइरहेकोप्रति दुःख व्यक्त गरे ।

उनले मानवता प्रवद्र्धनका लागि समाजका हरेक तह र तप्काबाट विभिन्न अभियानहरु सञ्चालन गर्न आवश्यक रहेको बताए । उपनिर्देशक क्षेत्रीले आफ्नो कार्यपत्र मार्फत रेडक्रसकर्मी भन्नेहरु भित्रै पनि मानवता खोज्नुपर्ने बेला आएको उल्लेख गरे । पछिल्लो परिस्थितिले रेडक्रसका मूल्य, मान्यता अनुरुपका गतिविधिहरु सहज तथा सरल तरिकाले प्रवाह नहुँदा प्रतिकुलता प्रति रेडक्रमीहरुलाई सजग र सचेत हुन उनले आग्रह गरे ।

यस्तै नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय सदस्य रामलाल आचार्यले कोरोना महामारीपछि रेडक्रसका गतिविधिहरु केही सुस्त रहेपनि अब परिस्थिति अनुकुल बन्दै गईरहेकाले सबैसँगको सहयोग तथा समन्वयमा रेडक्रस अभियान तीव्रता दिईने बताए ।

उनले रेडक्रसको अयिानलाई गतिशील बनाउन सुर्खेत केन्द्रित भएर कर्णाली प्रदेशभरी विभिन्न सांगठिन तथा रचनात्मक कार्यहरुलाई समुदायस्तरसम्मै मुर्तरुप दिन लागिएको जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका सभापति लिलाराम सुवेदीले पछिल्लो समय जलवायु परिवर्तनले उत्पन्न विपद्का घटनाले मानवताको रक्षामा चुनौती बन्दै गइरहेको जनाउँदै मानवीय सेवामा जुट्न आव्हान गरे ।

उनले विभिन्न दातृ संघसंस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा प्रकोप व्यवस्थापन, स्वास्थ्य सेवा, सामुदायिक विकास, खानेपानी तथा स्वच्छता प्रवद्र्धन, रेडक्रस सिद्धान्त र मूल्य मान्यताको प्रवर्द्धनजस्ता कार्यहरु गरिएको जानकारी दिए ।

‘मानवतालाई जीवित राखौं’ भन्ने नाराका साथ बुधवार विश्व रेडक्रस दिवस सुर्खेतहित देशैभर विविध कार्यक्रम गरी मनाइएको छ । सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष हिजोकै दिन रेडक्रस दिवस मनाइन्छ ।

Next Post

मार्सीधान जोगाउन जुम्लामा रोपाइँ महोत्सव

२६ बैशाख २०८१, बुधबार २३:०२
जुम्ला । पछिल्लो समय लोप हुँदै गएको मार्सीधान संरक्षणका लागि जुम्लाको पातारासी गाउँपालिकाले धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा मार्सीधान फल्ने उपमा पाएको छुमचौर ज्युलोमा कृषि विकास कार्यालय जुम्लाले धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको हो । उक्त क्षेत्र समुद्री सतहदेखि झण्डै […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031