२०८३ जेठ २७ , बुधबार

अनेमसंघ कर्णालीमा युवा महिला कमिटी गठन, अध्यक्षमा थापा



सुर्खेत । अखिल नेपाल महिला संघ (अनेमसंघ) कर्णाली प्रदेशको प्रदेश स्तरीय युवा महिला सम्मेलन भेला सम्पन्न भएको छ । शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा रहेको एमाले पार्टी कार्यालयमा अनेमसंघ केन्द्रिय युवा कमिटी प्रमुख बिन्दु अधिकारीको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले हिमानी थापाको अध्यक्षतामा कर्णाली प्रदेश स्तरीय युवा महिला कमिटी गठन गरेको अनेमसंघ प्रदेश अध्यक्ष पदमा खड्काले जानकारी दिइन् । जसको उपाध्यक्षमा शर्मिला परियार, सचिवमा रेश्मा घर्ति मगर भएको छ । यस्तै सहसचिवको जिम्मा रोजिना नेपालीले पाउँदा कोषाध्यक्षको जिम्मेवारी नमुना राईलाई दिएको छ ।

नयाँ निर्वाचित कमिटी २५ सदस्य छन् । शुक्रवार भएको भेलामा (अनेमसंघ) केन्द्रीय सचिव कर्णाली इन्चार्ज मिना सिङ रखाल, पोलिटब्युरो सदस्य भैरव सुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य मोहनमाया ढकाल, प्रदेश कमिटी अध्यक्ष गुलाब जङ्ग शाह, उपाध्यक्ष टेकराज पछाई, अनेमसंघ वीरेन्द्रनगर इन्चार्ज युवासंघ प्रदेश अध्यक्ष जीवन शाही लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ वैशाख २८ गते शुक्रबार