
सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन् ।
प्रदेश ट्राफिक कार्यालयका अनुसार आज (शनिवार) बिहान ७: १५ बजेको समयमा सिम्ता गाउँपालिका–३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली ०३–००१प–०३७९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकलका चालक समेत रहेका केसीको घटनास्थलमै मृत्यु भएको हो । यद्यपि उनको मोटरसाइकल भेरी नदीमा खसेकाले अहिलेसम्म फेला परेको छैन । केसीको शव भने नदीको छेउँमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ वैशाख २९ गते शनिबार