
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्। मुख्यमन्त्री कँडेलले आगामी जेठ ४ गते बस्ने गरी बैठक आह्वान गरेका हुन्। कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिए।
‘समृद्धि र विकास सबैको साझा सरोकारको विषय हो,’ उनले भने, ‘एक्लाएक्लै हिँड्नुभन्दा सबै राजनीतिक दलहरूबीच साझा सहमति खोज्ने उद्देश्यले जेठ ४ गते बस्नेगरी बैठक आह्वान गरिएको हो।’ मुख्यमन्त्री कँडेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष सहित तीन जना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको बताए।
प्रकाशित मिति : २०८१ वैशाख २९ गते शनिबार