२०८३ वैशाख १३ , आइतबार

ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु



हुम्ला । हुम्लामा गुडिरहेको ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउकी ५५ वर्षीया नानी बोहराको मृत्यु भएको हो ।

ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा जिल्ला अस्पतालमा सिमकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ वैशाख ३० गते आइतबार