२०८३ वैशाख १६ , बुधबार

अब शिक्षकले मासिक रुपमा तलब पाउने, राजनीति गर्न नदिने



काठमाडौं । चाररचार महिनामा तलब पाउने शिक्षकले आगामी आर्थिक वर्षदेखि मासिक पाउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा मंगलबार आगामी आर्थिक वर्ष २०८१र८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रूपमा सरकारले तलब दिने बताएका हुन्।

‘शिक्षकको पारिश्रमिक मासिक रुपमा प्रदान गर्ने व्यवस्था मिलाइने छ,’ पौडेलले भने। शिक्षकलाई राजनीतिक दलसँग आबद्ध हुन नदिने कानुनी व्यवस्था कार्यान्वयन गर्नेमा सरकारले नीति कार्यक्रममा जोड दिएको छ।

यस्तै, विद्यालय शिक्षक बन्न अब शिक्षाशास्त्र अध्ययन गर्नैपर्ने बाध्यता हटाउने तयारी पनि गरिएको छ। सरकारले माध्यमिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभाव हटाउन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्यांकनसहितको शिक्षक इन्टर्नसीप पढाउने प्रबन्ध गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८१ जेठ १ गते मंगलबार