
जुम्ला। विश्वमा जस्तै नेपालमा पनि अहिले पतञ्जलि योगको लहर शुरू भइसकेको छ । यस पटक विश्व विख्यात योग गुरु स्वामी रामदेवज्युका शिश्य स्वामी कर्णदेवज्युको टिम जुम्लामा पुगेको छ । उनी सहित पतंजली योग समिती कर्णाली प्रदेशका सह–प्रभारी केन्द्रीय योग प्रशिक्षक जय बहादुर मल्ल पनी यो बृहत योग,ध्यान शिविरमा आएका छन ।
विश्व विख्यात योग गुरु स्वामी रामदेवज्युका शिश्य स्वामी कर्णदेवज्युले शारीरिक र मानसिक स्वास्थ्यका लागि योग नै सर्वोत्तम विकल्प भएको बताए । त्यस्तै आयुर्वेद स्वास्थ्य सेवा केन्द्रले जुम्लामा पनी योग अभ्यास एक महिना अगाडी देखी गराउदै आएको थियो ।यसले गर्दा जुम्लाका नागरिकमा योगप्रतिको जागरण बढेको छ ।
जुम्लाको टुँडिखेलमा बृहत योग,ध्यान शिविर बुधबारबाट संञ्चालन भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला र चन्दननाथ नगरपालिका जुम्ला द्वारा संयुक्त रुपमा निःशुल्क ५ दिने बृहत योग,ध्यान शिविर सञ्चालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमिक्त प्रमुख नन्द प्रसाद न्यौपाने बताए । उनका अनुसार नेपाली सेनाको टुँडिखेलमैदानमा बिहाना ५ बजे देखि ७ बजे सम्म अभ्यास हुन्छ ।
त्यहा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी स्थानीय नागरिक ,र जिल्लाका सवै स्थानिय तहहरुको सहभागीता रहेको छ । अभ्यास गराउदै आउनु भएका। उनका अनुसार यही जेष्ठ २ गते देखि जेष्ठ ६ गते सम्म संञ्चालन भइरहेको छ ।उनले भने, विख्यात योग गुरु स्वामी रामदेवज्यूका शिश्य स्वामी कर्णदेवको टिम जुम्लामा आयर यस्तो शिविर संञ्चालन भएको पहिलो पटक भएको हो ।