२०८३ वैशाख २ , बुधबार

सुर्खेतको कटकुवा मिनीबस दुर्घटना अपडेट : घाइते २१ जना (विवरणसहित)



सुर्खेत । सोमबार दिउँसो वीरेन्द्रनगरदेखि उत्तरी क्षेत्र कटकुवा क्षेत्रमा भएको मिनी बस दुर्घटनामा परी २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते सबै जनाको उद्दार गरी अस्पतालहरुमा पु¥याइएको छ ।

दिउँसो १ बजेतिर दैलेखको गमौडीबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको उक्त मिनीबस एक्कासी ब्रेक फेल भई सडकबाट चार मिटर तल खसेको थियो ।

उक्त दुर्घटनामा परी दैलेख डुङगेश्वर गाउँपालिका–६ का २२ बर्षीय भिमसेन राना र बर्दिया ठाकुरबाबा नगरपालिका–३, का ७० बर्षीय शेर बहादुर खड्काको घटनास्थलमै मृत्यू भएको थियो ।

दुबै जनाको लाश प्रारम्भीक कार्य पुरा गरी कर्णाली प्रदेश अस्पताल कालागाँउको शव गृहमा राखिएको छ ।

घाइतेहरु

१) जि.दैलेख दुल्लु न.पा.१३ बस्ने बर्ष अ.२८ को जगत थापाको बायाँ खुट्टा भाचिएको र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम । (कर्णाली प्रदेश अस्पताल कालागाँउ )

२) ऐ.ऐ. ११ बस्ने बर्ष अ. ४५ कि कमला सुनारको शरिरको बिभिन्न भागमा चोट अवस्था बोल्न सक्ने ।( सुर्खेत हस्पिटल)

३) ऐ. ऐ.डुङ्गेश्वर गा.पा. ७ बस्ने बर्ष २० को मोहन थापा कम्मरमा चोट सामान्य । ( कर्णाली केयर सुर्खेत ) 

४) ऐ.दुल्लु न.पा.११ बस्ने बर्ष ३६ को माया खत्री छात्ती र खुट्टामा,टाउकोमा चोट सामान्य बोल्न सक्ने ।

५) ऐ.ऐ.१० बस्ने बर्ष २० प्रदिप थापा हातमा चोट सामान्य ।

६) ऐ.ऐ.बस्ने बर्ष ४० की दुर्गा शाही हात र छात्तीमा चोट सामान्य ।

७) ऐ.ऐ.११ बस्ने बर्ष १७ की रेजिना कार्की छात्ती,घाटी रहातमा चोट सामान्य ।

८) ऐ.ऐ.बस्ने बर्ष २३ को थिर ब. थापा हात र टाउकोमा चोट सामान्य । 

९) ऐ.ऐ.१० बस्ने बर्ष २५ की निर्मला खड्का गालामा चोट सामान्य ।

१०)ऐ.ऐ.बस्ने महिना १५ को साहिमल खड्का टाउकोमा चोट सामान्य।

११) ऐ.डुङ्गेश्वर गा.पा ३ बस्ने बर्ष ६० को पदम राना टाउकोमा चोट सामान्य ।

१२) जि.बर्दिया ठाकुरबाबा न.पा.३ बस्ने बर्ष ६१ की खजुरा खड्का खुट्टा,हात र टाउकोमा चोट सामान्य ।

१३)जि.दैलेख डुङगेश्वर गा.पा.६ बस्ने बर्ष १८ को खगेन्द्र थापा नाक,हात र खुट्टामा चोट सामान्य ।

१४) ऐ.ऐ.बस्ने बर्ष २१ को खगेन्द्र थापा हातमा चोट सामान्य ।

१५) ऐ.ऐ.बस्ने बर्ष २४ को लोकेन्द्र रोकाय मगर हात,ढाडमा चोट सामान्य ।

१६) ऐ.ऐ.बस्ने बर्ष २४ को नबिन राना आँखा, खुट्टामा चोट सामान्य ।

१७) जि.दैलेख दु.न.पा.११ बस्ने बर्ष २३ कि तुल्सि कार्की शरिरको बिभिन्न भागमा चोट सामान्य ।

१८) जि.दैलेख डुङ्गेश्वर गा.पा.६ बस्ने बर्ष २१ को खगेन्द्र रानाको हात र टाउकोमा चोट सामान्य ।

१९) जि.दैलेख दु.न.पा.१० बस्ने बर्ष ४९ को प्रेम खड्का हात र ढाडमा चोट सामान्य ।

२०) ऐ.ऐ.११ बस्ने बर्ष ३९ को बल ब. खत्री ढाडमा चोट सामान्य ।

२१) ऐ.ऐ.बस्ने बर्ष ९ की निशान्त खत्री टाउकोमा चोट सामान्य ।

प्रकाशित मिति : २०८१ जेठ ७ गते सोमबार