२०८३ वैशाख ३ , बिहीबार

वर्षाले सिम्तामा क्षति



सुर्खेत । सोमवार दिउँसोदेखि परेको वर्षाले सिम्ताका विभिन्न ठाउँका सडकहरु अवरुद्घ पारेको छ।पालिकाको वडा नं ५ र ९ मा पर्ने ईन्द्र विसी दु्तमार्गका विभिन्न खण्डमा पहिरो खसेको र वर्षापछिको बाढिले सडकमा चिरौटो पारेको र सडकसमेत धसिएको सिम्ता गाउँ पालिकाका अध्यक्ष ऐनबहादुर चन्दले जानकारी दिए।

अध्यक्ष चन्दकाअनुसार वर्षाले वडा नं ५ को घलेना लिफ्ट खानेपानीको पाईपसमेत बगाएको छ। बाढिबाट सिम्ताखोलाका दायाँबायाँ किनारका खेतहरु पनि बगाएको उनले जानकारी दिए। अबरुद्ध सडकहरु खोल्न एउटा डोजर पठाईसकिएको र थप श्रोत र साधनसमेत परिचालन गरिने अध्यक्ष चन्दको भनाइ छ।

प्रकाशित मिति : २०८१ जेठ ७ गते सोमबार