
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो ।
गत वैशाख १६ गते प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो । उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।
प्रकाशित मिति : २०८१ जेठ ८ गते मंगलबार