२०८३ वैशाख १३ , आइतबार

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति कति छ ?



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डसँग भरतपुरमा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ। यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ।

त्यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ । त्यो पनि पत्नीकै नाममा रहेको छ । साथै, प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ । प्रचण्डसँग २५ लाख नगद मौज्दात रहेको छ । र, उनीसँग ऋण, सवारी साधन, कृषि तथा पशुधन छैन ।

प्रकाशित मिति : २०८१ जेठ ८ गते मंगलबार