
दाङ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन्।राजपुर–६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर वडाध्यक्ष विष्टलाई त्रिशूलले हानेका हुन्।
प्रहरीका अनुसार साधु नेपाली ५ नम्बर वडाको कोरिया गाउँको जंगलमा रहेको बाबाकुटीमा केही महिनायता बस्दै आएका थिए। उक्त स्थानमा भण्डारा लगाउने भन्ने विषयमा विवाद भएपछि वडाध्यक्ष विष्टमाथि त्रिशूल प्रहार गरेको बुझिएको छ।
वडाध्यक्ष विष्टको दाहिने कोखामा चोट लागेको र उपचारका लागि लमही अस्पतालमा भर्ना गरिएको छ। त्रिशूल प्रहार गर्ने साधु नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
प्रकाशित मिति : २०८१ जेठ ८ गते मंगलबार