२०८३ वैशाख १३ , आइतबार

मन्त्रीको सूचीबाट हटाइएका शाह पुन: बने मन्त्री 



सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद विनोदकुमार शाहले शपथ लिएका छन् । बुधबार उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री यामलाल कँडेलले शाहलाई गत वैशाख १८ गतेको मन्त्रिपरिषद् विस्तारमा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा नियुक्त गरेका थिए । तर उनले मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै शपथ नै लिएका थिएनन् ।

नियुक्त गरिएका मन्त्रीले शपथ नलिएपछि मुख्यमन्त्री कँडेलले वैशाख ३१ गते शाहलाई मन्त्रीको सूचीबाट हटाउँदै सो मन्त्रालयको जिम्मेवारी आफैंले लिएका थिए । अहिले कँडेलले पुनः शाहलाई उक्त मन्त्रालयको जिम्मेवारी दिए ।

प्रकाशित मिति : २०८१ जेठ ९ गते बुधबार