२०८३ वैशाख १३ , आइतबार

कारको ठक्करबाट वीरेन्द्रनगरमा एकजना घाइते, सुर्खेत-छिन्चु सडक अवरुद्ध



सुर्खेत । कारको ठक्करबाट वीरेन्द्रनगरमा एक जना घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर–१२ बस्ने वर्ष ७२ का लोक बहादुर शाही रहेका छन् । उनलाई बुधवार राति साढे ८ बजेको समयमा वीरेन्द्रनगर–१२ तिनकुने चोक नजिक घुस्रा जाने बाटोमा बसपार्कबाट पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिएको थियो ।

ठक्करबाट शाहीको बाँया खुट्टा भाच्चिएको, टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले खबरदृष्टिलाई जानकारी दिए। उनकाअनुसार घाइते शाहीको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।

कार र कार चालक भने फरार भएका छन् । उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै घाइतेका आफन्त र स्थानीयहरुले सुर्खेत छिन्चु सडक खण्डमा टायर बालेर सडक अवरोध गरेका छन् ।

प्रकाशित मिति : २०८१ जेठ ९ गते बुधबार